मंगलबार नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या आएको छ । जसका कारण धेरै लगानीकर्ताले शेयर कारोबार गर्न पाएका छैनन् ।

बजारमा शेयर खरिद गर्नका लागि राखिएको अर्डर मूल्यभन्दा सस्तोमा शेयर बिक्रीमा आउने समस्या देखिएको छ । यद्यपी त्यस्तो शेयर कारोबार भने भएको छैन । लगानीकर्ताहरुले शेयर ब्रोकरलाई फोन गर्दै खरिद मूल्यभन्दा सस्तोमा शेयर बिक्रीमा आउँदा कारोबार नगराएको भन्दै गुनासो गरेका छन् ।
सबै कम्पनीको शेयरमा नभई केही कम्पनीहरुको शेयर कारोबारका लागि मार्केट डेफ्थले खरिद तथा बिक्री आदेशका गलत तथ्यांकहरु देखाई रहेको छ । मंगलबार शेयर मूल्य समायोजन भएका केही कम्पनी सहित पछिल्ला दिनमा बजारमा अधिक सक्रिय देखिएका कम्पनीको मार्केट डेफ्थमा खरिद मूल्यको आदेशभन्दा सस्तो मूल्यमा बिक्री आदेश प्रबिष्ट भएको देखिन्छ ।
हिमालयन डिष्टीलरी, नेपाल पुनरर्बीमा कम्पनी, मितेरी डेभलपमेण्ट बैंक, एनएमबी माइक्रोफाइनान्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम सिमेन्ट्स लगायत कम्पनीको मार्केट डेफ्थमा खरिद आदेश भन्दा सस्तो मूल्यमा खरिद आदेश प्रविष्ट भएको देखिन्छ । यद्यपी उक्त आदेश बमोजिम शेयर कारोबार भने हुन सकेको छैन ।
यस सम्बन्धमा नेप्सेको भेण्डर कम्पनी वाइको प्रालिले समस्याको पहिचान भईरहेको र केही बेरमा समस्या समाधान हुने जनाएको छ । वेबसाइटको मार्केट डेफ्थमा भने यस्तो समस्या नदेखिएको पनि वाईकोले जनाएको छ ।






समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया