एनआईसी एशिया बैंकले डिम्याट खातामा जम्मा गर्यो बोनस शेयर


एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरेको बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६ ०७७ को कमाईबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर बितरण गरेको थियो । उक्त बोनस शेयर माघ ४ गते आइतबार शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

बैंकको गत मंसिर २१ गते सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले २०७७ मंसिर १० गतेदेदि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । मंसिर ९ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको बोनस शेयर पाएका थिए ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।