सनराइज बैंकले पहिलो पटक भित्र्यायो ‘कन्ट्याक्टलेस ट्याप टू पे’ कार्ड सेवा


कार्ड मार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यका साथ सनराइज बैंकले कन्ट्याक्टलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुवात गरेको छ ।

सो कार्डको प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) मा कारोबार गर्दा पीन राख्नु नपर्ने र कार्डलाई पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने छ । यस कार्र्ड मार्फत हुने कारोबार छिटो, छरितो र सहज हुने बैंकको विश्वास छ ।

उक्त कार्डबाट ट्याप एण्ड पे गर्न ट्याउ सुविधायुक्त पीओएसको आवश्यकता पर्दछ । बैंकले हालको पीओएसलाई स्तरोन्नत्ती गरी ट्याप सुविधायुक्त पीओएस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङ्गमल आदि ठाउँहरुमा राख्ने कामको थालनीे गरिेसकेको छ । उक्त कार्ड ट्याप इनेबल्ड पीओएस मा ट्याप मार्फत र अन्य पीओएसमा स्वाप वा इनसर्ट गरी चलाउन सकिने छ ।

अन्तर्राष्ट्रिय स्तरको सुरक्षा व्यवस्था रहेको उक्त एनएफसी (नियर फिल्ड कम्युनिकेशन टेक्नोलोजी) कन्ट्याक्टलेश कार्ड मार्फत हाललाई बिना पीन अधिकतम २ हजार रुपैंयासम्मको कारोबार गर्न सकिने छ भने २ हजार रुपैंयाभन्दा बढीको कारोबार गर्दा पीन जरुरी हुन्छ ।

१६० एटिएम, १३९ शाखा, २ हजारभन्दा बढि मर्चेन्ट नेटवर्क, ८ हजार रेमिट्यान्स एजेन्ट मार्फत ७ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा विदेशमा समेत सेवा प्रदान गर्दै आएको सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न नविनतम् सेवा सुबिधा ल्याउँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।