आठ विकास बैंक र २ फाइनान्स पनि आरटीजीएस प्रणालीमा जोडिए, कुल संख्या ३५ पुग्यो


नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई प्रणालीमा आवद्ध गराएको छ ।

ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्र्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स कनेक्छ आरटीजीएस प्रणालीमा थपिएका हुन् ।

यस अघि २५ वटा वाणिज्य बैंकहरू आरटीजीएस प्रणालीमा आबद्ध भएका थिए । विकास बैंक र फाइनान्स पनि आबद्ध भए पछि यो संख्या ३५ पुगेको छ ।

आरटीजीएस प्रणाली मार्फत् ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानी को लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा आरटीजीएस प्रणाली प्रदान गरेको हो । जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गरिएको हुन्छ । आरटीजीएस प्रणालीको पहुच सँगै विधुतिय कारोबारको आकर पनि उल्लेखय बृद्घी हुने अपेक्षा गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।