बेरोजगारलाई आत्मनिर्भरताको बाटोमा डोर्याउँदै नेपाली ब्राण्ड माटो


सप्तरीका १९ वर्षीय किशोर आशिष कुमार यादव, पारिवारिक पृष्ठभूमी कृषि । राजधानीमा कम्प्यूटर एसेम्बेलिङको काम गर्दै आफ्नो अध्ययन खर्च जुटाउँदै आएका उनी मंगलबारदेखि नयाँ बानेश्वरबाट बुद्धनगर झर्ने ओरालोमा गोल्यान ग्रुपले प्रवद्र्धन गरिरहेको कृषि सामग्री बिक्री बितरण गर्ने माटो ब्राण्डको आउटलेटको सञ्चालक बनेका छन् ।

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान र तिनै किशोरले नयाँ बानेश्वरको ग्लोबल आईएमई बैंक (तत्कालिन जनता बैंकको मुख्यालय) बाट बुद्धनगर झर्ने ओरालोमा संयुक्त रुपमा माटोको सातौं आउटलेट उद्घाटन गरे ।

गोल्यानका साथी आशिषका हजुरबुवा हुन् । गोल्यानको कृषि क्षेत्रप्रतिको उत्प्रेरणा र संरक्षकत्व पाएका आशिषले हिमालयन बैंकबाट १० लाख रुपैंया ऋण लिए अनि गोल्यान ग्रुपले प्रवद्र्धन र बजारीकरण गरिरहेको माटो ब्राण्डको आउटलेट सञ्चालनमा ल्याए । अर्गानिक कृषि उपज खरिद बिक्री र बजारीकरणमा अघि बढिरहेको माटो ब्राण्डको आउटलेट सञ्चालन गर्न पाउँदा आशिषले आफुलाई गौरवान्वित महशुस गरेका छन् ।

त्यसो त पवन गोल्यान आफैंमा एउटा ब्राण्ड हुन्, उनले प्रवद्र्धन गरेको व्यवसायको हिस्सा हुन पाउँदा रोजगारी समेत नपाईरहेको एक सामान्य व्यक्ति आत्मनिरर्भरताको बाटोमा अघि बढ्न पाउँदा उत्साहित हुनु स्वभाविक पनि हो ।

कृषि क्षेत्रमा केही गरेर देखाउने सोचका साथ उद्योग व्यवसायबाट बिश्राम लिएको बताउने गोल्यान देशका कृषकहरुलाई आत्मनिर्भर बनाउँदै स्वदेशी कृषि उत्पादनको प्रवद्र्धनको अभियानमा छन् । यो अभियान उनले माटो ब्राण्डबाट तिब्र बनाउँदै गर्दा यसमा आबद्ध हुने किसान, कृषि उपज उत्पादक, व्यवसाय गर्न चाहनेहरु पनि क्रमिक रुपमा ब्राण्डसँग जोडिँदै गएका छन् ।

भविष्यमा किसानहरुसँग को ब्राण्डिङमा काम गर्दै जाने योजना समेत बनाएका गोल्यानले केही समयमा नै राजधानीमा एक सय बढी आउटलेटहरु सञ्चालन गर्दै त्यसमा आश्रित व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने तयारीमा जुटेका छन् । यसबाट उनीहरुमा व्यवसायिक भावनाको विकास हुनुका साथै कृषि उपजको उत्पादन र बजारीकरणमा टेवा पुग्ने विश्वास गोल्यानको छ । यसका लागि आशिष कुमार यादव जस्तै जनशक्तिमा उद्यमशीलताको विकास गराउन सके त्यसले मुलुकको अर्थतन्त्रलाई टेवा पुग्नेमा गोल्यान आशावादी छन् ।

बानेश्वरमा माटो ब्राण्डको सातौं आउटलेट खोलेका गोल्यानको बिचार अनि आउटलेटका सञ्चालक बनेका आशिष कुमार यादवको अनुभव कस्तो छ ? यो भिडियो सामग्री :

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।