महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष तथा सञ्चालकले लिए शपथ


महालक्ष्मी लाइफ इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष शर्मासँगै सञ्चालकहरु सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेले पनि सपथ लिएका छन् ।

मंगलबार बीमा समितिमा आयोजित कार्यक्रममा इन्स्योरेन्सका सञ्चालकहरुले समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार सम्पन्न इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभाले उल्लेखित उम्मेदवारहरुलाई सञ्चालकमा निर्वाचित गरेको थियो भने सोही दिन बसेको सञ्चालकहरुको पहिलो बैठकले मनोरञ्जन रमण शर्मालाई अध्यक्षमा मनोनयन गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।