संसद पुनस्थापनको अन्यौलतासँगै ‘प्रफिट बुकिङ’ गर्ने हाबी हुँदा शेयर बजारमा तीब्र गिरावट


राजनितिक अस्थिरताका बीच यो साता संसद पुन:स्थापना हुन्छ वा हुँदैन भन्ने अन्यौलताको असर शेयर बजारमा परेको छ ।

संसद पुनस्थापना हुन्छ कि हुँदैन र भई हाल्यो भने प्रधानमन्त्री केपी ओलीको अर्को ‘मुभ’ के हुन्छ भन्ने अन्यौलताको असर शेयर बजारमा परेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले धमाधम ‘प्रफिट बुक’ गरिरहेका छन् ।

निरन्तर बढिरहेको बजार करेक्सनको बाटोमा रहेको भन्दै ठुला लगानीकर्ताहरुले धमाधम लगानी निकाल्न थालेको बुझाई आम लगानीकर्तामा परेको छ । संकट लाग्ने हल्लाका कारण एकाएक बजारमा तिब्र गिरावट आएको हो ।

मंगलबार ८८ अंकसम्मको गिरावट आएको बजार अन्तिम समयमा २१ अंकको गिरावटमा बन्द भएको छ । मंगलबार नेप्से २ हजार ६०७ मा खुलेकोमा २ हजार ५१९ बिन्दुसम्म ओर्लिएको थियो । योसँगै बजार परिसूचक नेप्से २६८६.५१ अंकमा ओर्लिएको छ ।

निर्जीवन बीमा कम्पनी समुहमा सबैभन्दा धेरै गिरावट आएको बजारमा वाणिज्य बैंक समुहमा भने सामान्य गिरावट देखिएको छ । जसका कारण बजारको तीब्र गिरावट कम भएको देखिन्छ । मंगलबार व्यापार समुहमा मात्र सकरात्मक देखिएको बजारमा बाँकी सबै उपसमुहमा गिरावट आएको छ । 

नेप्से घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण ३५ खर्ब ६४ अर्ब १० करोडमा झरेको छ । सोमबारको तुलनामा बजार पूँजीकरण २९ अर्ब १५ करोडले घटेको हो ।

प्रि ओपनिङ सेसनदेखि नै ओरालो लागेको बजार नियमित सेसनमा भने ५ अंकसम्म सुधारिएको थियो । तर त्यो सुधार केही मिनेट पनि टिक्न नसकी तीब्र गतिमा बजार ओरालो लागेको थियो । ८४ अंकको गिरावट आउँदा शेयर मूल्य सस्तो भएपछि खरिद चाप आउन थाले पछि क्रमिक रुपमा गिरावटको क्रम घटेको थियो ।

Symbol Turnover Closing Price
As of 2021-02-23 15:00:00
NIFRA 739,452,518.00 594.00
UPPER 433,901,077.00 571.00
NABIL 373,558,967.00 1,335.00
NICA 328,050,381.00 925.00
GBIME 296,292,058.00 474.00
NIL 274,962,459.00 1,704.00
NLIC 265,607,845.00 2,197.00
NRIC 255,602,239.00 1,510.00
NBL 246,967,805.00 453.00
API 234,812,801.00 326.00

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सर्वाधिक कारोबार, सबैभन्दा धेरै कारोबार रकम र सबैभन्दा धेरै कारोबार संख्याका आधारमा पहिलो स्थानमा परेको छ । प्रतिकित्ता शेयर मूल्यमा मंगलबार मात्र १३२ रुपैंयाको अन्तर देखिएको कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भएकोमा केही बेरमा नै १० प्रतिशतले घटेर कारोबारमा आएको थियो ।

Symbol LTP Point Change % Change
As of 2021-02-23 15:00:00
NFS 321.00 29.00 9.93
API 326.00 29.00 9.76
LEC 284.00 25.00 9.65
HPPL 377.00 33.00 9.59
NLG 1,163.00 64.00 5.82
CGH 312.00 17.00 5.76
USLB 2,361.00 114.00 5.07
AHPC 361.00 17.00 4.94
RRHP 291.00 10.00 3.56
ALICL 1,380.00 34.00 2.53

मंगलबार बजार निरन्तर ओरालो लाग्दा २ सय ५ कम्पनीका १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर ८३ हजार ३५७ पटक किनबेच हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैंयाको कारोबार भएको छ ।

बजार निरन्तर ओरालो लाग्दा पनि मंगलबार ५० कम्पनीको शेयर मूल्य बढेको छ । जसमा नेपाल फाइनान्स, अपि पावर कम्पनी, लिबर्टी इनर्जी लगायत कम्पनीको शेयर मूल्य धेरै बढेको छ । धेरै शेयर मूल्य घट्ने कम्पनीको शीर्षस्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक छ भने आँखुखोला जलविद्युत कम्पनी, युनिलिभर नेपाल लगायतका कम्पनी रहेका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-02-23 15:00:00
NIFRA 594.00 -66.00 -10.00
AKJCL 154.00 -11.00 -6.67
UNL 19,204.00 -1,071.00 -5.28
NMB50 12.82 -0.70 -5.18
PMHPL 145.00 -7.00 -4.61
CORBL 700.00 -29.00 -3.98
KKHC 123.00 -5.00 -3.91
KRBL 176.00 -7.00 -3.83
NICGF 12.62 -0.48 -3.66
UPPER 571.00 -21.00 -3.55

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।