इन्भेष्टमेन्ट बैंकको ३५ वर्षे यात्राः २ लाख लगानी गर्नेहरु बने करोडपति


नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) को ३४ वर्षे यात्रा पूरा भई ३५ वर्षे यात्रा सुरु हुँदै गर्दा बैंकका लगानीकर्ताले गरेको सानो लगानी करोड नजिक पुगेको छ । ३ करोड रुपैयाँमा सुरु भएको बैंकको आकार १४ अर्ब पुगेको छ भने त्यस बेला बैंकमा १० हजार रुपैयाँ गर्नेहरुको सम्पत्ती अहिले एक करोड रुपैयाँको हाराहारीमा पुगेको छ ।

बैंकले यस ३४ वर्षको अवधिमा सुरुवाती वर्ष बाहेक सबै आर्थिक वर्षमा लगानीकर्ताहरुलाई आकर्षक प्रतिफल वितरण गरेको छ । यसका अलवा बैंकले पूँजी विस्तार गर्ने क्रममा विभिन्न आर्थिक वर्षहरुमा गरी ४ पटक हकप्रद शेयर समेत निष्काशन गरेको छ । बैंकले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउनका लागि थप नयाँ शेयर अर्थात एफपीओ समेत निष्काशन गरेको थियो ।

सुरुवाती वर्षलाई छाडेर आर्थिक वर्ष २०४४/०४५ देखि गत आर्थिक वर्षमा आईपुग्दा हरेक वर्ष लाभांश वितरण गरेको बैंकले १८ आर्थिक वर्षहरुमा आकर्षक बोनस शेयर समेत वितरण गरेको छ । विभिन्न आर्थिक वर्षमा वितरण भएको बोनस र हकप्रद पछि बढ्दै गएको सुरुवाती चरणको १०० कित्ता शेयर गत आर्थिक वर्षको अन्त्यसम्ममा आईपुग्दा बढेर १९ हजार ५६५ कित्ता पुगेको छ । शेयर संख्यामा आएको बढोत्तरीलाई चार्टमा यसरी हेर्न सकिन्छ ।

इन्भेष्टमेन्ट बैंकको ३५ वर्षे यात्राः ३ करोडमा खुलेको बैंकको ५० अर्बको लक्ष्य
उल्लेखित बोनस र ४ पटकको हकप्रदलाई मात्र आधार मान्दा सुरुवाती चरणमा १०० कित्ता शेयरमा १० हजार रुपैयाँ लगानी गरेका लगानीकर्तासँग अहिले १९ हजार ५६५ कित्ता शेयर जम्मा हुँदा नेटवर्थ साढे ९२ लाख रुपैयाँभन्दा बढी पुगेको छ । हकप्रदमा समेत गर्दा कुल २ लाख ४१ हजार रुपैयाँको लगानी बोनस र हकप्रदका आधारमा बढेर बिहीबारको शेयर मूल्यका आधारमा ९२ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

तालिकामा सुरुवाती लगानी, हकप्रदमा भएको लगानी र हालको नेटवर्थलाई देखाइएको छ । जहाँ विभिन्न आर्थिक वर्षको बोनस शेयर र हकप्रद पश्चात बढेको शेयर संख्याका आधारमा बिहीबारको शेयर मूल्यलाई गणनाा गरिएको छ ।

बैंकले हरेक आर्थिक वर्षमा आकर्षक नगद लाभांश समेत वितरण गरेको छ । उक्त लाभांशको आंकडालाई समेत गणना गर्ने हो भने आजका दिनमा इन्भेष्टमेण्ट बैंकको शेयरमा १०० कित्ता शेयर किनेकाहरुको सम्पत्ति अहिले १ करोड रुपैयाँभन्दा माथि पुग्छ ।

‘राष्ट्र बैंकका बाध्यात्मक नीतिले बैंकहरु समस्यामा पर्न सक्छन्’ पृथ्वी पाँडेको अन्तरवार्ता

इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी पाँडेको बुझाईमा नेपालको शेयर बजार ‘लेट्स प्ले स्टक मार्केट’

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।