विप्लव नेतृत्वको नेकपा माथि लागेको प्रतिबन्ध हट्यो, सरकार र नेकपाका बीचमा सम्झौता


प्रतिबन्ध लगाइएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले सम्झौता गरेको छ । भूमिगत राजनितिमा सक्रिय रहेको नेकपा शान्तीपूर्ण राजनितिमा आउन तयार भएसँगै सरकार र पार्टीका बिचमा सम्झौता भएको हो ।

गृहमन्त्री राम बहादुर थापा र नेकपाका प्रवक्ता एवं वार्ताटोली प्रमुख खड्गबहादुर विश्वकर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार नेकपाले आफ्ना राजनितिक कृयाकलापहरु शान्तीपूर्ण रुपमा गर्ने, राजनितिक विषयको समाधान सम्वादबाट गर्ने, सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने, सबै कैदी बन्दीको रिहाई तथा मुद्धा खारेजी लगायत हुनेछ ।

सम्झौताको बिस्तृत विषय बिहीबार मध्यान्ह २ बजे सार्वजनिक गरिने सरकारले जनाएको छ ।