कर्पोरेट पेमा ५० दिनमा आबद्ध भए ५० व्यवसाय, ५० करोडको कारोबार


नेपाल क्लियरिङ हाउसको कर्पोरेट पे प्रणाली सुरु भएको ५० दिनमा ५० व्यवसायिक प्रतिष्थान आबद्ध भएका छन् ।

औपचारिक सुरुवात भएको ५० दिनको अवधिमा ५० करोड भन्दा बढिको भुक्तानी कारोबार फर्छौट भएको क्लियरिङ हाउसले जनाएको छ । बैंक वित्तिय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थाहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी क्लियरिङ हाउसले कर्पोरेट पे प्रणाली संचालनमा ल्याएको हो ।

यस प्रणाली मार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ भने व्यावसायिक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक वित्तिय संस्थाको लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत व्यवस्था रहेको छ । यी भुक्तानीहरू व्यावसायिक ग्राहकले छनोट गरे बमोजिम कनेक्ट आईपिएस मार्फत् रियल टाइममा र आईपिएस मार्फत नन् रियल टाइममा गर्न सकिन्छ । साथै यस प्रणालीमा गा्रहकले एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने क्लियरिङ हाउसले जनाएको छ ।

कर्पोरेट पे प्रणालीे थालनी भएको छोटो समयमा नै यसको लोकप्रियता तथा प्रयोगले डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्राणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । हाल २५ भन्दा बढी बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्राणााली प्राप्त गर्न सकिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।