कृषि विकास बैंकको संचालकमा दिर्घराज मैनाली नियूक्त


कृषि बिकास बैंकको संचालक समिति सदस्यमा दिर्घराज मैनाली मनोनित भएका छन् । नेपाल सरकारको निर्णयानुसार मैनाली बैंकको सञ्चालकमा मनोनित भएका हुन् ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।