चार दिनमै २ हजार ७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


नेपाली धर्म संस्कृति र परम्परा अनुसार बैशाख महिनामा थुप्रै बिबाहका लगनहरु छन् । त्यसैले पनि अहिले सुनचाँदी पसलहरुमा गरगहना बनाउन आउनेको चाप बढ्न थालेको छ । बिवाहको मौसम सुरु हुनै लाग्दा पछिल्ला चारदिन यता प्रतितोला सुनको मूल्य २ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलाको ८९ हजार ९ सय रुपैयाँ, तेजावी ८९ हजार ४५० रुपैयाँ र चाँदीको भाउ १ हजार २८० रुपैयाँ तोकिएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले बढेर चैत्र महिनाकै उच्च बिन्दुमा पुगेको हो भने चाँदी बिहीबारको तुलनामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य क्रमश मंगलबार तोलाको ३ सय रुपैयाँले,बुधबार ५ सय रुपैयाँले, बिहीबार १ हजार रुपैयाँ र शुक्रबार ९ सय रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।