अप्टिमिष्ट ईन्टरनेशनल नेपाललाई डिस्ट्रिक्ट मान्यता


सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनल नेपालले ‘डिस्ट्रिक्ट’ मान्यता पाएको छ।

अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएको हो। हालसम्म विश्वका विभिन्न ३० वटा देशमा आफ्नो शाखा विस्तार गरिसकेको यस अप्टिमिष्ट इन्टरनेशनलले नेपाल शाखालाई ‘डिस्ट्रिक मान्यता दिएको छ। यही वैशाख १० र ११ गते भएको विशेष साधारण सभाले अप्टिमिष्ट ईन्टरनेशनल नेपाललाई विधिवत् रूपमा डिस्ट्रिक्टमा गएको घोषणा गरिएको हो ।

यो सँगै डिस्ट्रिक्ट गर्भनरमा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका अध्यक्ष उदय कुमार निरौलालाई सर्वसम्मत चयन गरेको छ। त्यस्तै डेपुटी गर्भनरमा अप्टिमिष्ट क्लब अफ नवलपरासीका अध्यक्ष श्याम कुमार बस्याल, डिस्ट्रिक्ट सचिवमा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका सञ्चालक पृथ्वी राज थापा, डिस्ट्रिक्ट कोषाध्यक्षमा अप्टिमिष्ट क्लब अफ बाग्मतीका अध्यक्ष प्रकाश घिमिरे, लेफ्टेनन्ट गर्भनरमा अप्टिमिष्ट क्लब अफ कास्कीका अध्यक्ष केशव काफ्ले, अप्टिमिष्ट क्लब अफ काठमाडौंका अध्यक्ष रीना श्रेष्ठ, अप्टिमिष्ट क्लब अफ हेटौंडाका अध्यक्ष शरद चन्द्र भट्टराई, अप्टिमिष्ट क्लब अफ ईलामका अध्यक्ष निरज ढुंगेल निर्वाचित भएका छन् ।

यस्तै डिस्ट्रिक्ट सर्जेन्ट–एट–आर्म्समा अप्टिमिष्ट क्लब अफ कञ्चनपुरका अध्यक्ष विश्व प्रताप बस्नेत, डिस्ट्रिक्ट पर्लियामेण्टरिअनमा अप्टिमिष्ट क्लब अफ दाङका अध्यक्ष तिर्थ राज पौडेल निर्वाचित भए। यस्तै कानूनी सल्लाहकारमा अप्टिमिष्ट क्लब अफ पर्वतका अध्यक्ष सुनिता देवी गौडेल र कोअर्डिनेटरमा क्रमशः अप्टिमिष्ट क्लब अफ विराटनगरका भविष्य कुमार मिश्र, अप्टिमिष्ट क्लब अफ पाटनका सुरेन्द्र थापा, अप्टिमिष्ट क्लब अफ काठमाडौंकी अञ्जना आचार्य, काठमाडौं भ्याली अप्टिमिष्ट क्लबका अध्यक्ष रविन्द्र थापा, अप्टिमिष्ट क्लब अफ सुर्खेतका अध्यक्ष अनिल बहादुर शाही, अप्टिमिष्ट क्लब अफ चितवनका अध्यक्ष रिशिश्वर थपलिया निर्वाचित भए। नव गठित अप्टिमिष्ट क्लब अफ चितवन र अप्टिमिष्ट क्लब अफ हरिवनका पदाधिकारीलाई अप्टिमिष्ट ईन्टरनेशनलका रणनीतिक विकास निर्देशक जीम बोयडले सपथ खुवाएका थिए ।

त्यस्तै निर्वाचन कमिटीका संयोजक पृथ्वी राज थापाले डिस्ट्रिक्ट गर्भनरलाई र डिस्ट्रिक्ट गर्भनरले अन्य निर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाउनुका साथै खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए। उक्त कार्यक्रममा अप्टिमिष्ट ईन्टरनेशनल नेपालले प्रकाशन गरेको सोभिनियरसमेत विमोचन गरिएको थियो। यसैबीच एक्सेन्टी फाउण्डेशनसँग अप्टिमिष्ट ईन्टरनेशनल नेपालको सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ। विभिन्न १२ वटा क्लबका प्रतिनिधिहरू भौतिक रूपमा उपस्थित हुँदा बाँकी अन्य क्लबका प्रतिनिधिलाई अनलाईनमार्फत सहभागी गराइएको थियो। पछिल्लो समय कोभिड १९ को संक्रमित संख्या बढेपछि सरकारले बनाएको मापदण्डभित्र रहेर साधारण सभा गरिएको सचिव थापाले जानकारी दिए ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म करीब २५ वटा जिल्लामा क्लब गठन भइसकेको सचिव थापाले जानकारी दिए। कार्यक्रममा अप्टिमिष्ट ईन्टरनेशनलका अध्यक्ष मार्क वयनसोफले भर्चुअल माध्यमबाट शुभकामना मन्तब्य दिएका थिए। कार्यक्रममा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका राष्ट्रिय अध्यक्ष उदय निरौलाले अप्टिमिष्ट ईन्टरनेशनल नेपालको गतिविधि, क्लबमा आवद्द कसरी हुने र आवद्ध भएर के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए। थापाका अनुसार जुनियर क्लब स्थापनाका साथै अमेरिकाको फ्लोरिडामासमेत क्लब गठनको तयारी भइरहेको छ । अर्को साधारणसभासम्म थप नयाँ क्लब गठन, सदस्य संख्या बढाउने र बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने, समुदाय र समुदायका सदस्यहरुको हकहितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजनाहरु संचालन गर्दै लैजाने अप्टिमिष्ट ईन्टरनेशनल नेपालका अध्यक्ष तथा हालै निर्वाचित डिस्ट्रिक्ट गर्भनर उदय निरौलाले जानकारी दिए। अप्टिमिष्ट क्लब अफ ईलामका अध्यक्ष निरज ढुंगेलले अन्तर्राष्ट्रिय अतिथिलाई डिजिटल रूपमा जोडिन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।