कर विवरण तथा कर दाखिला गर्ने म्याद थप्न काठमाण्डौं उद्योग वाणिज्य संघको आग्रह


नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले कर विबरण तथा कर दाखिला गर्ने म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।

कोभिड—१९ महामारी संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जारी निषेधाज्ञाका कारण उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका र व्यवसायी तथा कर्मचारीहरू कार्यालयमा जान सक्ने अवस्था नभएको भन्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न संघले आग्रह गरेको हो ।

विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ ।

उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था छैन । अर्कातिर राजश्व दाखिला गर्न जानका लागि पनि सुरक्षित अवस्था नरहेकाले अवस्था सामान्य नहुञ्जेलका लागि म्याद थप गर्न संघले आग्रह गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।