अजोड इन्स्योरेन्सको खुद नाफा ७३.८७ प्रतिशतले बढ्यो


अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ११ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीको खुद नाफा ७३.८७ प्रतिशतले बढाएको हो ।

यस अवधिमा कम्पनीले २९ करोड ९० लाख ४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा १८ करोड ४९ लाख ७७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीको खुद बीमाशुल्क ६१.६४ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८.१५ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ६.६९ रुपैयाँ थियो ।

पुस मसान्तसम्ममा कम्पनीले जगेडा कोषको आकार ३ करोड ३३ लाख रुपैयाँबाट बढाएर ७ करोड ५५ लाख १५ हजार रुपैयाँ कायम गरेको छ । योसँगै कम्पनीको प्रतिशेयर नेटवर्थ ११७.६८ रुपैयाँ पु्गेको छ ।

कम्पनीले पुनर्बीमा व्यवसायबाट १३ करोड ४९ लाख कमिशन आय र लगानी कर्जा तथा अन्यबाट २ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हालसम्म १ लाख ५ हजार ९० वटा बीमालेख जारी गरेको कम्पनीको कुल बीमाशुल्क संकलन १ अर्ब २ करोड ४१ लाख रुपैयाँ छ । कम्पनीको ९ हजार ९७ बीमालेख नवीकरण भएका छन् ।

पुस मसान्तसम्ममा कम्पनीले ३ हजार ३५० वटा बीमालेख वापत ५० करोड २९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दा ३ हजार ९४४ संख्याको दाबी वापत ४३ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।