अमेरिकी मध्यावधि चुनावामा डेमोक्र्याटिक पार्टी बहुमतले सुनचाँदीको मूल्यमा भारी वृद्धि


काठमाडौँ । अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटहरूले ल्याएको नतिजापश्चात् विश्व बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ ।

डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरू तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) विजयी भएका थिए । जसले गर्दा सेयरबजार उकालो लागेको थियो । सेयर बजारमा लगानी बढेका कारण सुनको भाउमा लगातार गिरावट आएको हो ।

यता, रिपब्लिकन पार्टीको वर्चस्व कायम रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससमा सीनेटमा डेमोक्र्याटिक पार्टीकाे बहुमत आएको छ। जसले गर्दा सुनको भाउमा पहिरो गएकाे जानकारहरु बताउँछन् ।

मध्यवधि चुनाव अघि ४ हजार १०० डलरभन्दा माथि रहेको सुनको भाउ हाल झण्डै ३०० डलरले घटेर ३ हजार ८७४.६१ अमेरिकी डलरमा झरेको छ । त्यस्तै चाँदीको मूल्य पनि ५३ डलरबाट झरेर ४७.५३ डलरमा आएको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य घटेसँगै पछिल्लो समय नेपाली बजारमा पनि सुनचाँदीको मूल्य उल्लेख्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।

मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।