इन्भेष्टमेण्ट र हिमालयन बैंकका साथै नबिल र युनाइटेड फाइनान्सले पाए मर्जरको सैद्धान्तिक सहमति


नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेका नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकलाई सैद्धान्तिक सहमति दिएको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि शैद्धान्तिक सहमति दिने निणर्य गरेको हो ।

यसका साथै नबिल बैंकमा विलय हुनका लागि युनाइटेड फाइनान्सलाई पनि सैद्धान्तिक सहमति दिने निणर्य बैंक सञ्चालक समितिले गरेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार माइन्युट भइनसकेकाले औपचारिक रुपमा सोमबारको सञ्चालक समितिको बैठक बाहिर आउन नसकेको हो । उनका अनुसार वाणिज्य बैंकका बीचमा भएको मर्जर प्रकृयालाई तीव्र बनाउन छिटो गरी निणर्य गरिएको हो । यसले अरु वाणिज्य बैंकलाई पनि मर्जरमा जानका लागि प्रोत्साहन मिल्ने स्रोतले बतायो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।