कोरोनाबाट जोगिन सुनचाँदी व्यवसायी महासंघको सचेतना अभियान


विश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ बाट बच्च र बचाउन नेपाल सुनचाँदी व्यवसायीक महासंघले सचेतना अभियान शुरु गरेको छ । अभियानको पहिलो चरण अन्तर्गत महासंघले आइतबार प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालको प्रमूख आतिथ्यातामा भर्चुअल माध्यमवाट सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

देशभरका झण्डै तीन सय व्यवसायी सहभागी सो कार्यक्रममा प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालले पर्याप्त सचेतता अपनाएमा कोभिड हुनवाट वच्न सकिने बताए ।

‘कोरोनावाट बच्न रोगप्रतिरोधात्मक शक्ति बलियो हुनु पर्ने बताएका अग्रवालले नियमति र अनुशासित व्यायाम लगायतमा जोड दिए । इम्युनिटी बढाउने कृयाकलाप गर्ने, स्वस्थ र सुखी रहने, सकारात्मक सोच राख्ने, पर्याप्त सुत्ने, रम्ने रमाउने, जस्ता कार्यहरु गर्दा कोरोना महामारीबाट लाभ पुग्ने डा. अग्रवालको भनाई थियो । कोरोनाका कारण विश्वमा मृत्युदर २ प्रतिशत भन्दा बढी रहेपनि नेपालमा त्यो भन्दा कम रहेको उनले बताए ।

स्वस्थ शरिर नै मानिसको शक्ति हो भन्ने मूल नाराका साथ अगाडि सारिएको सो कार्यक्रममा मास्कको प्रयोग सवैभन्दा महत्वपुणर् भएको भन्दै अग्रवालले मास्कको प्रयोगमा जोड दिए । यस वाहेक हात धुने, सामाजिक दुरी कायम गर्ने र सजग बन्ने नै महत्वपूणर् उपाय भएको बताएका अग्रवालले हावावाट पनि सर्न स्क्ने कुरा आएकाले मास्क सबैभन्दा प्रभावकारी हुने बताए ।

कोरोना निको भैसकेपछि पनि पर्यप्त ध्यान दिनुपर्ने बताएका उनले कोरोना लागेका बखत पनि धैर्य हुनु सबैभन्दा राम्रो उपचार हुने बताए । निको भैसकेपछि पनि समय समयमा चेक जाँच गर्दा राम्रो हुने उनको भनाई थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले अहिलेको विकराल अवस्थामा कोरोनावाट बच्नका लागि भ्याक्सिन अपरिहार्य भएको उल्लेख गर्दै यथासिघ्र भ्याक्सिनको व्यवस्था हुुनुपर्नेमा जोड दिएका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।