कोभिड विरुद्ध लड्न नेपाललाई स्लोभेनिया, अष्ट्रिया र माल्टाको सहयोग


युरोपियन युनियन (इयु) का तीन सदस्य राष्ट्र– स्लोभेनिया, अष्ट्रिया र माल्टाले अनुदानमा दिएको चिकित्सा सामग्री आइतबार बिहान ९ः ४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

इयु सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहर विरुद्ध लड्न नेपाललाई सहयोग पु¥याउँन उक्त सामाग्री उपलब्ध गराएका हुन् । आइतबार उपलब्ध गराईएको सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको “टिम युरोप”को ऐक्यबद्धताको अर्को उदाहरण रहेको युरोपियन युनियनले जनाएको छ ।

राहत सामग्रीमा एन्टिजेन परिक्षण किट, पल्स् अक्सिमिटर, एफ्एफ्पीटु मास्क, फेस् शिल्ड् तथा महामारी फैलिनबाट बचाउनका लागि अन्य सामाग्रीहरु रहेका छन् । यो सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लो पटक आह्वान भए पछि प्रदान गर्न लागिएको बताइएको छ । गएका पछिल्ला हप्ताहरुमा स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीले सहयोग पु¥याए लगत्तै स्लोभेनिया, अष्ट्रिया र माल्टाले नेपाललाई सामग्री प्रदान गरेर आफ्नो सद्भाव देखाएका छन् ।

त्यस्तै थप आपतकालीन आपूर्ति सामग्रीहरु आयरल्याण्ड, इटाली, डेनमार्क र लिथुआनियाबाट पनि आउन लागेको युरोपियन युनियनले जनाएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहकाबीच स्लोभेनिया र अष्ट्रियाका महावाण्ज्यिदूत र नेपालका लागि युरोपियन युनियनकी राजदुत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेकी छन् ।

‘‘यो महामारीको सुरुवातदेखि नै “टिम युरोप” नेपालसँगै उभिएको छ यस्ता सहयोगलाई हामी निरन्तरता दिँदै जानेछौं,” युरोपियन युनियनकी राजदुत डेप्रेले भनेकी छन् ।

चिकित्सा सामग्री र आपूर्तिको विवरणः

फेस मास्कः ३०,००० थान

निट्राइल् पञ्जाः १००,०००

थानप्रोटेक्टिभ् गगल्स्ः १२,५००

थानप्रोटेक्टिभ् मास्क्ः १००,०००

थाननन्–स्टेराइल् मेडिकल मास्कः ६००,००० थान

भल्भ्रहित एफ्एफ्पी मास्कः ५०,००० थान

पल्स् अक्सिमिटरः १,००० थान

ऐन्टिजेन टेस्ट किट्ः २,४०० थान

नन्–कन्टयाक्ट् इन्फ्राारेड थर्माेमिटरः १३० थान

फेस् शिल्डः ५,००० थान