साताको अन्तिम कारोबार दिन प्रि-ओपनिङमा ३४ कम्पनीको शेयर मूल्य बढ्दा बजार सूचक १३ अंकले बढ्यो


साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङमा ६४ कम्पनीको शेयर कारोबार भएको छ ।

जसमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको स्थिर रहेको छ । १५ मिनेट अवधि चलेको प्रि-ओपनिङ सेसनमा कारोबारमा आएका कम्पनी मध्ये ५० प्रतिशतभन्दा धेरैको शेयर मूल्य बढेपछि बजार परिसूचक नेप्से पनि १३.२५ अंकले उकालो लागेको छ । योसँगै बजार परिसुचक नेप्से २९८२.९७ अंकमा उक्लिएको छ ।

बिहीबारको प्रि-ओपनिङमा ६४ कम्पनीका १९ हजार ७२९ कित्ता शेयरहरु ८७ लाख ६१ हजार ३९७ रुपैयाँमा किनबेच भएका छन् ।

प्रि ओपनिङमा शेयर मूल्यमा तिब्र उतारचढाव आएका कम्पनीको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।