कृषि विकास बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुट दिने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण प्रभावितलाई छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यो सुविधा लिनका लागि ग्राहकलाइ अनुरोध गर्दै बैंकका शाखाहरुमा अषाढ मसान्तभित्र सम्पर्क गर्न आग्रह गरिएको छ ।
बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको हो । बैंकले सबै ग्राहकलाई यस छुटको उपयोग गरी लाभान्वित हुन अनुरोध गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया