सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग, दैनिक मूल्य मात्र निर्धारण गरिँदै


कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गरिएको बन्दाबन्दीका कारण सुन चाँदीका साथै गर गहनाको कारोबार झण्डै पुर्ण रुपमा बन्द अवस्थामा छ । सुनको आयात तथा बिक्री बितरण नै नभएको अवस्थामा पनि दैनिक रुपमा सुन तथा चाँदीको मूल्य भने तोकिँदै आएको छ ।

बन्दाबन्दीका कारण समग्र व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो । २०७८ असार ८ गते देखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिका अनुरुप सुन, चाँदी गहना आदि आभुषण क्षेत्र पनि चालू भएसँगै सुन चाँदी व्यवसायीहरुको सुनको आयात सुचारु गराउन माग गरेका छन् ।

“गहना व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने हुँदा सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन विक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा विक्री–वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० के.जी. सुन विक्री वितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अनुरोध गरेको छ”, नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघले भनेको छ ।

बुधबार सुनचाँदीको मूल्य घट्यो

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।