नागरिक लगानी कोषले पारित गर्यो नौ प्रतिशत बोनस


नागरिक लगानी कोषले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई बितरण गर्ने भनी प्रस्ताव गरेको ९ प्रतिशत बोनस पारित गरेको छ । कोषको शुक्रबार सम्बपन्न २६ औं वार्षिक साधारणभाले बोनससँगै ९.८९४७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको कोषको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण जोखिमलाई ध्यानमा राखेर भर्चुअल रुपमा शेयरधनीलाई सहभागि गराई साधारण सभा सञ्चालन गरिएको थियो । कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवन भित्रबाट भुर्चयल संचालन गरेको जनाएको छ ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्व ७२ अर्व रुपैंया संकलन गरी १ खर्व ७१ अर्व ९७ करोड रुपैंया लगानी गरेको छ । चालु आर्थिक वर्षमा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भईरहेको कोषले जनाएको छ ।

कोषको आर्थिक वर्ष २०७६÷७७ को कर पछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको कोषले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।