लक्ष्मी बैंकको १३१ औं शाखा धनुषाको महेन्द्रनगरमा


लक्ष्मी बैंकले शाखा विस्तार गर्ने क्रममा धनुषा जिल्लाको क्षिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा १३१ औं शाखा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले लिएको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३१ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६० एटिएम, २ हजार ५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

शाखा बिस्तारसँगै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।