कुमारी बैंकका सिइओ भण्डारीको कार्यकाल सकियो, कामुको जिम्मेवारी तिमिल्सिनालाई


कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल सकिएको छ । असार ३१ गते भण्डारीको कार्यकाल सकिएसँगै बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा अनुजमणी तिमिल्सिनालाई दिएको छ ।

बिहीबार दिउँसो बसेको बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको पहिलो कार्यकाल पु्रा भए पनि भण्डारीले प्रमुख कार्यकारी पदमा दोहोरिन नचाहेकाले कायम मुकायमको जिम्मेवारी तिमिल्सिनालाई दिने निर्णय बैंक सञ्चालक समितिले गरेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।