नेपाल बङ्गलादेश बैंककोे विस्तारित सेवा केन्द्र मोरङको लेटाङमा


नेपाल वंगलादेश वैंकले मोरङ्ग जिल्लाको लेटाङ्ग नगरपालीकाको वुधवारे बजारमा ८ औ विस्तारित सेवा केन्द« सञ्चालनमा ल्याएको छ ।

बुधवारे बजार लेटाङ्ग नगरपालीको वार्ड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागी केन्द«को रुपमा स्थापित भई वैंकिङ्ग पहुँचवाट टाढा रहेको अवस्थामा लेटाङ्ग नगरपालीको अनुरोधका साथै ग्रमिण भेगमा वित्तिय पहुँच पु¥याइ हरेक नेपालीको एक वैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउन सेवा केन्द्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

विस्तारित सेवा केन्द«को प्रदेश नम्वर १, मोरङ्ग ख का प्रदेश सांसद उपेन्द« घिमिरेले सुरुवात गरेका थिए ।

बिस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नका साथै विदेशवाट प्राप्त हुने रेमिट्यान्स सोझै वैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारवाट वंंैकिङ्ग प्रणालि मार्फत प्राप्तहुने सम्पुर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलवि खाता संचालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

स्थापनाको २७ औ वर्ष पुरा गरेको नेपाल वंगलादेश बैकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएम बुथबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।