एशियन लाईफका नवनिर्वाचित अध्यक्षद्धारा सपथ ग्रहण

0
Shares

एशियन लाईफ इन्स्योरेन्सको सञ्ंचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

श्रेष्ठले नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा दिपक कुमार श्रेष्ठ निर्वाचित भएका थिए ।

यस कम्पनीको संचालक समितिको १६४ औं बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।