एकै पटक मञ्जुश्री फाईनान्सका चार नयाँ शाखा सञ्चालनमा


मञ्जुश्री फाईनान्सले एकै पटक ४ वटा शाखा बिस्तार गरेको छ । फाइनान्सले रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम, र भैरहवा शाका एकै दिन बिस्तार गरेको हो । फाइनान्सका अनुसार बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा कार्यालयहरु सञ्चालनमा ल्इाइएको हो ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाईनान्सले नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र वीरगञ्ज गरी ११ वटा शाखाबाट सेवा दिँदै आएको थियो ।

२०७८ साल असार मसान्त सम्ममा ९६ करोड ५३ लाख रुपैंया चुक्ता पुँजी रहेको फाइनान्सले ५० करोड रुपैंयाको डिवेन्चर जारी गरेको छ । राष्ट्रिय स्तरको फाईनान्सले ८ अर्ब ९१ करोड रुपैंया निक्षेप संकलन गरि ७.९५ अर्व रुपैंया कर्जा परिचालन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।