सूर्या लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी

0
Shares

सूर्या लाइफ इन्स्योरेन्सले भरत केसीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले असोज ४ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

सचिवमा नियुक्तबारे कम्पनीले नेप्से मार्फत सूचनामा प्रकाशन गरी जानकारी दिएको हो ।

कम्पनी सचिवमा नियुक्त भएकाले केसीले यसअघि नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा रहेर कार्य गरिसकेका छन् । उनले २०७६ मंसिर २९ गतेदेखि नेपाल लाइफमा आफ्नो कार्यभार सम्हालेकोमा केही समयअघि मात्र नेपाल लाइफबाट बाहिरिएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।