मुक्तिनाथ विकास बैंकका ग्राहकले आगन्तुक रिर्सोटमा छुट पाउने


मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाई र खाना तथा परिकारहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु घरबाटै चलाउन सकिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।