नेपाल लाइफद्धारा घातक रोग विरुद्ध लड्न बीमितलाई ६ लाख भुक्तानी

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाबाट बीमित प्रविण गौलीलाई घातक रोग समेतको बीमामा घातक रोग वापत ६ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

विसं २०७७ पुस १५ गते ६ लाखको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत गौलीले बीमाशुल्क एक हजार पचास मात्र तिरेर नेपाल लाइफमा बीमा गराएका थिए ।

गौलीलाई १८ ओटा घातक रोग मध्ये एउटा रोग मुटुमा समस्या देखा परेको हुँदा कम्पनीले उपचार खर्च गर्नको लागि उक्त ६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरणमा कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधर, वरिष्ठ एजेन्सी मैनेजर दिपक थापा , बास्ना गौली र कर्मचारी अनुज कुमार झा, प्रियंका कार्कीको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।