समता घरेलु लघुवित्तले प्रस्ताव गर्यो लाभांश


समता घरेलु लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्त सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साविकको समता र घरेलु लघुवित्त मर्जरबाट नयाँ संस्था बनेकाले उल्लेखित लाभांशमा कर लाग्ने छैन ।

हाल लघुवित्तको चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार रुपैंया छ । उल्लेखित बोनस बितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैंया पुग्नेछ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट अनुमोदन भए पछि लगानीकर्ताले पाउने छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।