शिखर इन्स्योरेन्स १८ औं वर्षमा प्रवेश

0
Shares

शिखर इन्स्योरेन्स १७ वर्ष पूरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । विसं २०६१ जेष्ठ १५ स्थापना भएको कम्पनीले कार्तिक २६ गते बीमा समितिबाट निर्जीवन बीमा व्यवसायका लागि इजाजत प्राप्त गरेको थियो । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो ।

१५ औं निर्जिवन बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनी सो व्यवसायमा अग्रणी बीमा कम्पनीको रुपमा स्थापित भएको छ । सुरुमा १० करोड रुपैयाँ चुक्ता पूँजीमा स्थापना भएको थियो । हरेक वर्ष बोनसमा जोड दिँदै लगानीकर्तालाई खुशी राख्र्दै आएको यस कम्पनीले दुई पटक हकप्रद निष्काशन गर्यो भने बाँकी पूँजी बोनश शेयर मार्फत बढाएको हो ।

शिखर इन्स्योरेन्स चुक्ता पूँजीमा मात्र नभई खुद बीमा शुल्क आर्जन, तथा बीमितलाई प्रदान गर्ने प्रतिफलका आधारमा समेत सबै निर्जीवन बीमा कम्पनीभन्दा अगाडि छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ पुगिसकेको छ भने बीमा कोषको आकार बढेर १ अर्ब ३६ करोड रुपैयाँ सञ्चित भएको छ ।

निर्जीवन बीमा व्यवसायको पहिलो नम्बरमा आफूलाई स्थापित गरेको शिखर इन्स्योरेन्सले सुरुवाति दिन देखि नै आक्रामक रुपमा बजारमा उपस्थिति जनाएको थियो । कम्पनीको उपत्यका भित्र १६ र उपत्यका बाहिर ७६ सहित कुल ९२ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ । थापाथलीमा तीन रोपनी १० आना जग्गामा कम्पनीको आफ्नै केन्द्रीय कार्यालय भवन छ ।

दश वर्ष सेवा गर्ने २५ कर्मचारीलाई सम्मानित

कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा अवधि पूरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ ।

कम्पनीमा कार्यरत हरी प्रसाद लम्साल, चन्दमणी शर्मा, प्रतिमा कार्की, रञ्जना पोखरेल, स्वतिका कार्की, विमल राज नेपाली, शुशील प्रसाद खनाल, सुमन खनाल, श्याम कृष्ण श्रेष्ठ, रमेश केसी, कुमार पुडासैनी, कुमार थापा, सुनिता आर्चाय, योगेन्द नारायण मुनाकर्मी, प्राथना शाही, सुनेस राजभण्डारी, हिकम्त चौधरी, मिन बहादुर कार्की, निरज विक्रम शाह, उमेश मर्हजन कमला बरटैला, उत्तम अर्जुन बहादुर रोकाया, अनुसा वस्नेत कुँवर र जेनी खतिवडालाई सम्मान गरिएको हो ।

कम्पनीले १७ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । कम्पनीले उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा सञ्चालकहरुको सहभागितामा बिहीबार दिउँसो कर्मचारीहरुका लागि दिवा भोज र साँझ केक काटेर वार्षिकोत्सवक मनाएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।