सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा


सिटिजन्स बैंक इन्टरनेसनलले ८६ औं शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले दाङको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी होति देवि वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।