आईएमई जनरल इन्स्योरेन्सद्धारा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

0
Shares

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) ले कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न तालिम सम्पन्न गरेको छ ।

कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि तालिम सम्पन्न गरेको हो ।

कम्पनीको लागि तोकिएका जिल्लाहरु मध्ये धनुषा र महोत्तरी जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि बीमा समितिको प्रतिनिधिको रोहवरमा मंसिर १६ देखि १९ गतेसम्म बर्दिवास स्थित गौतम होटलमा तालिम सम्पन्न गरेको हो ।

उक्त तालिममा १० जना क्षति मुल्याङ्कनकर्ताहरुको सहभागिता रहेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दाबी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिईएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।