नबिल बैंकले एनबी बैंकलाई किन्न केही बेरमा सम्झौता गर्दै, स्वाप रेसियो १००ः४३


नबिल बैंक नेपाल बंगलादेश बैंकलाई खरिद गर्ने भएको छ । सो सन्दर्भमा बिहीबार साँझ ६ बजे ललितपुर स्थित होटल भिभान्तामा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षेर हुने भएको हो ।

नबिल बैंकले बंलादेश बैंकलाई खरिद गर्दा बंगलादेश बैंकको १०० कित्ता सेयर भएका सेयरधनीले नबिल बैंकको ४३ कित्ता पाउने गरी सहमती भएको छ । सोही सहमती अनुसार आज सम्झौता पत्रमा हस्ताक्षर हुने हुने स्रोतले जानकारी दियो ।

एक्विजेशनपछि नबिल बैंकको नाममा नै एकीकृत कारोबार हुने बताउँदै स्रोतले भन्यो, “सम्पत्ति र दायित्वको मूल्यांकन गर्दा केही तलमाथि भएपनि उही स्वाप अनुपात कायम हुनेछ ।” नेपाल राष्ट्र बैंकको गाभ्ने गाभिने सम्बनधी विनियमावली अनुसार पनि डयू डिलिजेन्स गर्दा १० प्रतिशत तलमाथी हुदाँ खासै फरक नपर्ने उल्लेख छ ।

बंगलादेशी बैंक आइएफएआइसीको नेपाल बंगलादेश बैंकमा रहेको ४२ प्रतिशत सेयर नबिल बैंकका लगानीकर्ता तथा व्यवसायी विनोद चौधरीले किनेपछि खरिद प्रक्रिया औपचारीक रुपमा अघि बढेको थियो । चौधरीले आइएफआइसीको वंगलादेश बैंकमा रहेको सेयर खरिद गर्ने प्रक्रिया पुरा गरेसंगै केही दिन अघि मात्र संयुक्त मर्जर कमिटि गठन गरिएको थियो । मर्जर समितिको बुधबारको बैंठकले १०० बरावर ४३ को स्वाप अनुपात तय गरेपछि बिहीबार औपचारीक सम्झौता हुने भएको हो ।

तर, काठमाडौ जिल्ला अदालतले बुधबार नै आइएफआइसीलाई तत्काल सेयर खरिद बिक्री प्रक्रिया रोक्नु भनेर आन्तरिक आदेश दिएको छ । अदालतले एक साताको समय दिदै विपक्षीलाई लिखित जवाफ समेत मागेको छ । आइएफआइसीले आफुँंग सहमती गरेर चौधरीलाई सेयर बिक्री गरेको भन्दै मोतिलाल दुगड अदालसम्म पुगेका थिए ।

अदालतले पनि निवेदकले आइएफआइसीसंग नेपाल बंगलादेश बैंकको सेयर खरिदका लागि भएको सहमती समेत पेस गरेको भन्दै चौधरीलाई बिक्री किन गरेको भन्दै कारण माग गरेको हो । यस दौरान नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष पशुपति मुरारका, र शंकर ग्रुपका शाहिल अग्रवाल समेत दुगडको समुहबाट बंगलादेश बैंकको शेयर खरिद गर्न तयार भएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।