गुडविल फाइनान्सको १३ प्रतिशत लाभांश पारित


गुडविल फाइनान्सले गतआर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई बितरण गर्ने लाभांश साधारण सभाबाट अनुमोदन गरेको छ । फाइनान्सको बिहीबार सम्बपन्न २७ औं वार्षिक साधारण सभाले ९.१ प्रतिशत बोनस शेयर तथा ३.९ प्रतिशत नगद लाभांश गरि जम्मा १३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतिय माध्यमबाट सम्पन्न भएको साधारण सभामा फाइनान्सका अध्यक्ष विश्व प्रकाश साखले आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि फाइनान्सले अपेक्षा जनक रुपमा कामगर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको बताएका थिए ।

साधारण सभामा बोल्ने शेयरधनीहरुले वित्तीय संस्थाले यस बर्ष थप प्रगति गरी अझ बढि प्रतिफल प्राप्त गर्ने किसिमले व्यवसाय बढाउन आग्रह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।