बर्दियाको राजापुरमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा


सांग्रिला डेभलपमेन्ट बैंकले राजापुर नगरपालिका वडा नं.४ बर्दियामा नयाँ शाखा बिस्तार गरेको छ ।

ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको जनाएको छ ।

राजापुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०६ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले सम्भावित क्षेत्रमा सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।