कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम


कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि सञ्चालन गरिएको इन्टरप्रिनरशीप डेभलपमेण्ट प्रोग्राम सम्पन्न भएको छ ।

माघ २ देखि ६ गते सम्म भर्चुअल माध्यमबाट सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी बन्न इच्छुकहरुको सहभागिता थियो । कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्र्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेका छन् ।

कार्यक्रममा बैंकका अध्यक्ष्य सुदिप आचार्यले यस्ता कार्यक्रमहरुले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नवीन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताए । साथै बैंकले नवउद्यमीहरुलाई हरतरहबाट साथ दिने र उनीहरुको नवीन सोच र सिर्जनालाई सधैं प्रोत्साहन गरीरहने आश्वासन पनि आचार्यले दिएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।