मोरङको गछियामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा


सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीेले औपचारिक सुरुवात गरेका छन् ।

त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्ने बैंकले जनाएको छ ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखा मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु सञ्चालन गरिरहेको छ । बंैकका ९७ एटिएम बुथ सञ्चालनमा छन् ।

बैंकले हालसम्म झण्डै ९२ अर्व निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरेको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।