एक्सेल डेभलपमेण्ट बैंकले प्रस्ताव गर्यो लाभांश


एक्सेल डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको आम्दानीबाट आफ्ना शेयरधनीलाई विबतरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको जेठ ३० गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार रुपैंया पुग्नेछ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि बैंकले बोनस लगानीकर्ताको हितग्राही खातामा पठाउने छ ।

पछिल्ले पटक ३० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकले अघिल्लो आर्थिक वर्षमा १२ प्रतिशत बोनस शेयर बितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।