४३ रुपैंयामा बंगलादेश बैंक किन्न नबिललाई राष्ट्र बैंकको अन्तिम स्वीकृति


नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई आफुमा गाभ्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बंगलादेश बैंकलाई नबिलमा विलिन हुन अन्तिम स्वीकृति दिने निर्णय गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

नबिल तथा बंगलादेश बैंकले औपचारिक पत्र बुधबार साँझसम्ममा पाउने जानकारी दिएका छन् । दुवै बैंकले राष्ट्र बैंकबाट पत्र आए पछि एकीकृत कारोबारको प्रकृया अघि बढाउने बताएका छन् । असार मसान्त भित्रै एकीकृत कारोबार सुरु गर्ने गरी काम अघि बढाउने बैंकहरुले बताएका छन् ।

नबिल बैंकले बंगलादेश बैंकलाई प्रतिकित्ता ४३ रुपैंयाको दरमा अर्थात १०० बराबर ४३ को अनुपातमा गाभ्न लागेको हो । अब बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले नबिलको ४३ कित्ता शेयर पाउने छन् ।

गाभ्ने प्रकृया पुरा भए पछि झण्डै २३ अर्ब रुपैंया पुग्ने नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत बंगलादेश बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना हुनेछन् । राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पत्र पाए लगत्तै नबिल बैंकले ढुङ्गानालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको पत्र थमाउनेछ । असार १७ गते शुक्रबारदेखि लागू हुने गरी ढुङ्गानाले नबिलमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।

एनबी बैंकलाई गाभेपछि नबिल बैंकको प्रमुख कार्यकारीमा ज्ञानेन्द्र ढुङ्गाना

गाभिने प्रकृया पुरा भए पछि नबिल बैंकको निक्षेप २ खर्ब २१ अर्ब तथा कर्जा ३ खर्ब ७ अर्ब नाघ्नेछ भने कुल शाखा संख्या २३४ पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।