सानिमा बैंकका सबै खाताहरुमा मासिक ब्याज साथै बम्पर धमाका योजना


नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सानिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ ।

बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ ।

मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिनेछ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ बर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।