केएफसीमा नेपाल पेको क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक


केएफसी रेष्टुरेण्टका ग्राहले नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १०० रुपैयाँसम्म छुट पाउने भएका छन् ।

क्यासब्याकको अफर नेपाल भरीका केएफसी आउटलेटहरुमा पुष २३ गतेसम्म उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

स्टाटीक क्युआरको रुपमा रेस्टुरेन्चमा जडान भएको नेपाल पे क्युआरबाट भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

केएफसीमा नेपा पेको सुरुवात सनराइज बैंकसँगको सहकार्यमा सुरु गरिएको नेपाल पेले जनाएको छ ।

हाल नेपाल पे क्युआर सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध छ भने अन्य बैंक वित्तीय संस्थामा पनि आबद्ध हुने क्रममा छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।