मेट लाइफले पहिलो त्रैमासमा गर्यो साढे १४ करोडको व्यवसाय


मेट लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा मेट लाइफले ९६ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीले १८ करोड रुपैयाँले व्यवसाय बढाएको हो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पुनर्बीमा कमिशनबाट २ करोड ६ लाख आम्दानी गरेको छ भने लगानी, कर्जा तथा अन्य आम्दानीबाट ४२ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

जगेडा कोषमा २ अर्ब १६ करोड रुपैयाँ र जीवन बीमा कोषमा १७ अर्ब ४ करोड ५५ लाख रुपैयाँ सञ्चित रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा १९ करोड ६ लाख रुपैयाँ सञ्चित छ ।