एनआईसी एशियाले सच्यायो गल्ती, विज्ञप्ति जारी गर्दै भन्यो ध्यानाकर्षण भयो


बैंकहरुका बिचमा भएको भद्रसहमतिलाई तोड्दै मंगलबार एनआईसी एशिया बैंकले बचतमा साढे ९ प्रतिशत व्याज दिने विज्ञप्ति सम्प्रेषण गर्यो ।

सै आधारमा समाचारहरु सम्प्रेषण भए पछि बैंकलाई चौतर्फी रुपमा दवाब पर्यो । सहमति तोडेर नयाँ व्याजदर तोकेको भन्दै चौतर्फी रुपमा दवाब आए पछि गल्तीबस बचत मात्र उल्लेख भएको भन्दै बैंकले विज्ञप्ति निकालेको छ ।

बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै बचतको व्याजदर साढे ९ प्रतिशत पुर्याएको विषयलाई सच्याएको हो । मंगलबार बैंकले विज्ञप्ति जारी गर्दै ९.५ प्रतिशत व्याजदरको सुपर चमत्कारिक मासिक निक्षेप खाता ल्याइएको बताएको थियो ।

बुधबार बैंकले विज्ञप्ति जारी गर्दै मंगलबारको विज्ञप्तिका विषयमा आधिकारिक रुपमा प्रष्टोक्ती दिएको हो ।

ग्राहकलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराउँदै उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र रहेको बैंकले जनाएको छ ।

यद्यपी बैंकले बुधबारको विज्ञप्तिमा विभिन्न सञ्चार माध्यममा आफैंले पठाएको खबर सम्प्रेषण भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।