एशियन लाईफ इन्स्योरेन्सले चुक्ता तथा जारी पुँजी वृद्धि गर्ने


एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता तथा जारी पुँजी गर्ने भएको छ । कम्पनीको बैशाख १८ गते हुने साधारण सभाले बोनस सेयर जारी पश्चात् कायम हुने बराबरको चुक्ता तथा जारी पुँजी वृद्धि गर्ने भएको हो ।

यस्तै सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्बलाई वृद्धि गरी ६ अर्ब रुपैयाँ कायम गर्न प्रबन्धपत्रको दफा ६.१ (क) मा संशोधन गर्ने छ । कम्पनीको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७८।७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४५ गरी कुल ८.९४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाइ अनुमोदन गर्नेछ ।

यस्तै सभाले २०७८\७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात,नाफा\नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गर्ने छ ।

सभा बैशाख १८ गते साढे ११ बजे होटल क्लासिक सिमरा, बारामा हुनेछ । कम्पनीको चैत २३ गते बसेको संचालक समितिको १८० औं बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको शेयर दाखिला खारेजको लागि बैशाख ८ गते एक दिनका लागि बन्द रहनेछ । शेयर दाखिल खारेज बन्द गरीएको मिति भन्दा अगावै अर्थात बैशाख ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र शेयर खरिद गर्न र बार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।