दक्षिण एशियाली खेलकुदमा आउने विदेशी खेलाडीको दुर्घटना बीमा आईएमई जनरलमा


१३ औं दक्षिण एशियाली खेलकुदमा आउने विदेशी खेलाडी र पदाधिकारीहरुको सामुहिक दुर्घटना बीमा हुने भएको छ ।

आईएमई जनरल इन्स्योरेन्समा उक्त विमा हुने सहमति भएको हो ।

सम्झौतामा मूल आयोजक कमिटीको तर्फबाट सदस्य सचिब रमेश सिलवाल र आईएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृति युगेसभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मंसिर १५ गते देखि २४ गतेसम्म नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद आयोजना हुँदै छ । उक्त खेलकुदमा भाग लिन आउने विदेशी खेलाडी र पदाधिाकारीको प्रतिव्यक्ति ५ लाखका दरले सामुहिक विमा गर्ने सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।