पेप्सीको नयाँ टिभिसि सार्वजनिक


पेप्सीले मोर फिज, मोर रिफ्रेसिङ भन्ने सिद्धान्तलाई निरन्तरता दिन एक नयाँ टिभिसि सार्वजनिक गरेको छ ।

जसमा ब्राण्ड सद्भावनादूत प्रदीप खड्का छन् । यो नयाँ फिल्मले पनि पेप्सी युवाहरुको आवाज र रोजाई हो भन्नेमा जोड दिएको छ । यस अभियानको मुख्य ध्येय युवाहरुलाई पेप्सी पिउन प्रोत्साहित गर्नु रहेको छ, जसले ग्राहकहरुलाई अझ बढी फिजका साथ स्पूmर्तिदायी अनुभूति दिइरहेको छ ।

फिल्मको शूुरुवात् युवा जोडी डिनर टेबलमा चिसो पेप्सीको साथ देखिन्छन् । केटा उठेर जान्छ र वेट्रेससंग अझ बढी फिज भएको चिसो पेय माग्छ । यस्तैमा ऊ नजिक चर्चित नायक प्रदीप खड्का बसिरहेको देख्छ । प्रदीपले एउटा गीलासमा कोला पेय खन्याएर ती युवालाई पिउन दिन्छन् ।

सो युवाको प्यास नाटकीय रुपमा मेटिन्छ र उसले वेट्रेसलाई आफूलाई पनि भर्खरै पिएको त्यही कोला पेय दिन आग्रह गर्दछ । यो सुनेर, प्रदीपले उसलाई आफूले पेप्सी पिउन दिएको बताउँछन्, यो थाहा पाएर त्यो केटा झनै अचम्ममा पर्छ किनकी उसले पेप्सीमा त्यति धेरै फिज हुन्छ भन्ने सोचेकै थिएन । त्यसपछि त्यो केटाले पेप्सीको बोतल लिन्छ र उसले अझ बढी स्फूर्तिका साथ आनन्द लिइरहेको देखिन्छ ।

फिल्मको बारेमा बताउँदै पेप्सीको नेपालका एसोशिएट डाइरेक्टर श्री अनुज गोयलले पेप्सीको नयाँ अभियानले थप गरिएको फिजलाई अनौठो कथाको माध्यमबाट प्रस्तुत गरेर ब्राण्डको स्थितिलाई अझ मजबुत बनाएको बताए ।

फिल्मको सम्बन्धमा चर्चा गर्दै ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भने, “पेप्सीको अभियानसंग फेरि पनि जोडिन पाएकोमा म अत्यन्त रोमाञ्चित भएको छु, किनकी ब्राण्डको सिद्धान्त मेरो अन्तर ह्रृदयको भावना र हर चीजलाई अत्यन्त धीरताका साथ पछ्याउने मेरो आत्मविश्वाससंग मेल खान्छ । यो नयाँ अभियानले यो सिद्धान्तलाई जीवित तुल्याउँदै पेप्सी कसरी गृष्म यामको तापलाई शितलतामा परिणत गराउने निर्विकल्प स्फूर्तिदायक पेय हो भन्ने प्रस्तुत गरेको छ । म मेरा फ्यानहरुसँग यो फिल्म हेरेको सुन्न र यो मौसममा उनीहरुको हात हातमा अझ बढी फिज र स्फूर्तिदायक पेप्सी भएको देख्न आतुर छु ।”

अझ बढी फिज भएको नयाँ पेप्सी एकल र बहु पेट सर्भ प्याकहरुसहित नेपालका मोडर्न तथा ट्रेडिसनल रिटेलहरुमा र इ कमर्स प्लेटफर्महरुमा पाइन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।