आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी


आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन् ।

इन्स्योरेन्स संचालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संचालक समितिको निर्णयसँगै रेग्मीले मंसिर १० गतेदेखि लागू हुने कम्पनीको डेपुटी सीईओको जिम्मेवारी सम्हालेका छन् ।

स्नातकोत्तर तह उतीर्ण गरेका रेग्मी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत छन् ।

रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट्स (हालको सनराइज क्यापिटल) मा २ वर्ष, युनाईटेड इन्स्योरेन्समा ७ वर्ष, सगरमाथा इन्स्योरेन्समा ८ वर्ष, तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकमा ६ वर्ष बिताएका छन् ।

पछिल्लो ४ वर्षदेखि रेग्मी आइएमई जनरल इन्स्योरेन्समा आबद्ध छन् ।